जेन जीको प्रदर्शनमा दुई पत्रकार घाइते

काठमाण्डु - जेन जीको प्रदर्शनमा दुई जना पत्रकार घाइते भएका छन् । बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेको छ। प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकका फोटो पत्रकार ढुंगाना घाइते भएका हुन्। यस्तै कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई पनि गोली लागेको छ । उनको सिभिल अस्पतालमा…