काठमाण्डु - ७८ लाख रुपैयाँ भ्रष्टाचार प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। घुस प्रकरणमा मुछिएपछि चर्चामा रहेका मन्त्री गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्के लगत्तै बालुवाटारमा बोलाइएको हो। प्रधानमन्त्री ओली २ दिने झापा भ्रमणबाट आइतबार राति काठमाण्डु फर्केका हुन् । मन्त्री गुप्ताको ६ महिनाअघिको घुस…