काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ । आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि बुधबार आफैं विशेष अदालतमा हाजिर हुन पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको बयान र थुनछेक बहस भइसकेकाले अब बुधबारै आदेश आउनेछ । थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त,…