एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाण्डु– नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक यही असार १३ गतेका लागि बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको बजेटमा पार्टीको दृष्टिकोण, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गरिने छ । बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय…