शेखरको सन्देश : सभापति, प्रधानमन्त्री बन्ने लोभ छैन, पार्टी एकताका लागि लडिरहन्छु

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको बताएका छन् । आइतबार ८ मिनेट लामो भिडियो सन्देश जारी गर्दै कोइरालाले पार्टी एकताको पक्षमै रहेको बताएका हुन् । विशेष महाधिवेशन उद्घाटन संघारमा सार्वजनिक गरिएको भिडियोको सुरुवातमा उनले जेनजी आन्दोलन र उक्त आन्दोलनले उब्ज्याएको दुविधाबारे व्याख्या गरेका छन् । उनले संविधान…