विशेष महाधिवेशनबाट शेखर कोइराला वा अरु सभापति बन्न सक्छन् : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सभापति बन्नका लागि विशेष महाधिवेशनको माग नगरेको दाबी गरेका छन् । बुधबार बुद्धिजीवीहरूसँगको छलफलका क्रममा उनले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोइराला वा अन्य कोही पनि नेताहरू सभापति बन्न सक्ने बताए । केही नेताहरूले सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको भन्ने आरोप लगाएकोतर्फ संकेत गर्दै उनले…