विराटनगरमा जहाज दुर्घटनापछिको आपत्कालीन उद्धारको अभ्यास

काठमाण्डु - नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा विराटनगर विमानस्थलमा बुधबार ‘फूल स्केल एक्सरसाइज’ सञ्चालन गर्दै जहाज दुर्घटनापछिको आपत्कालीन उद्धार तथा व्यवस्थापन प्रणालीको अभ्यास गरिएको छ । अभ्यासका क्रममा दुर्घटनाको अवस्था यथार्थजस्तै सिर्जना गर्दै सूचना प्रवाह, उद्धार समन्वय र संकट व्यवस्थापन क्षमताको तीन चरणमा परीक्षण गरिएको थियो । परिकल्पनाअनुसार काठमाण्डुबाट बिहान ७ः२० बजे उडेको ‘एक्सरसाइज एयर’को…