कांग्रेस मुख्यालयमा लफडा, सुरक्षा व्यवस्था कडा

काठमाण्डु– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारण विवाद बढेपछि झडप हुने खतरा उत्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार पार्टीको सम्पादन समितिको बैठक सुरु हुनुपूर्व कार्यकर्ताहरुको भीड वाक्लिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको हो । पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधरका कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका…