काठमाण्डु – नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकासमार्फत नेपालको डिजिटल भविष्यबारे बृहत् अन्तरक्रिया सम्पन्न भएको छ । काठमाण्डुको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा सूचना प्रविधि क्षेत्रका २ दर्जन बढी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र…