काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक सुरु भएको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिसको विषय लगायतमाथि छलफल हुँदैछ । बैठकका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार लगायतका एजेन्डा छन् । आसन्न…