निर्माणाधीन पुल भाँचिएर ३ मजदुरको मृत्यु भएपछि मन्त्रालयले बनायो छानविन समिति  

काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि समिति गठन गरेको छ । मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरि पाँच सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरेका हुन् । सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय…