काठमाण्डु - प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सोमबार अपराह्न ४ बजे बस्नेछ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । सोमबार बस्न लागेको नयाँ सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक हो । यसअघि नयाँ सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सशथ लिएकै दिन शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।