ओली पक्राउपछि उग्र बन्दै एमाले कार्यकर्ता, जाँचबुझ आयोगको प्रतिवेदन जलाए

काठमाण्डु - एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता तथा समर्थकहरू उग्र बन्दै सडकमा उत्रिएका छन् । कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय च्यासलअगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै उग्र नाराबाजी पनि गरेका छन्। अवस्था तनावपूर्ण बन्दै जाँदा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै ओली पक्राउको विरोधमा कार्यकर्ताहरुले जेनजी…