काठमाण्डु - रोशी खोलामा आएको बाढीका कारण शुक्रबारदेखि अवरुद्ध बीपी राजमार्गमा आइतबारदेखि सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ। शुक्रबार साँझदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो। खोलामा पानीको सतह घट्दै गएपछि डाइभर्सन गरिएको…