काठमाण्डु– नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा सम्मानजनक व्यवहार नभए अप्रिय र नोक्सानदायी परिणाम भोग्न बाध्य हुनुपर्ने बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमा लामो स्ट्याटस राख्दै पोखरेलले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेको र त्यसलाई पालना गर्नु सबैको कर्तव्य भएको बताएका छन्। तर नेतृत्वबाट सबैले आत्मसमर्पण नभई समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गर्ने धारणा राखेका छन्।…