काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी तोकिएको छ । प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले डीआईजी घिमिरेलाई बिहीबार प्रवक्ताको जिम्मेवारी दिएको छ । घिमिरे सचिवालयमा आउनुअघि एसएसपी रमेश थापालाई प्रवक्ताको जिम्मेवारी थियो । अब उनी सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा रहने भएका छन्…