काठमाण्डु - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको बैठकबाट सरकार–जेनजी सम्झौता र आउँदो फागुन २१ गतेका निम्ति घोषित निर्वाचनको वातावरणका विषयमा पार्टीको धारणा बनाइने छ । पुस २६ देखि २८ सम्मका निम्ति घोषित पार्टीको १५औँ महाधिवेशन कार्यतालिका संशोधन र मिति परिवर्तनलगायत विषयमा पनि बैठकमा छलफल हुनेछ…