काठमाण्डु – नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनका लागि विभिन्न प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएको बन्द सूचीबाट १९ जनाको नाम हटाउने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बन्द सूचीमा रहेका १९ उम्मेदवारहरूको नाम हटाउने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सभाको सूचीमा…