मृत्यु भएका व्यक्तिको नाममा भत्ता खाएको मुद्दामा वडा सचिव २ लाख धरौटीमा रिहा

काठमाण्डु – सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको अभियोग लागेका वडा सचिवलाई धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । कैलालीको जानकी गाउँपालिका–१ मा कार्यरत वडा सचिव प्रेमबहादुर बुढालाई अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले बुढालाई धरौटी…