सरकारको कामप्रति राष्ट्रिय सभाका सांसदहरू असन्तुष्ट

काठमाण्डु - राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्। आइतवार सिंहदरबारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा सांसदहरूले तोकिएकै समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्दै सरकारलाई प्रश्न समेत गरे। एमालेकी सांसद सुमित्रा विसीले निर्वाचनमा समयमा हुन्छ कि हुँदैन सरकारलाई प्रश्न…