काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा साइडलाइन बैठक हुने भएको छ । यसअघि दुवै नेताबीच न्युयोर्क र बैंककमा २ पटक भेटवार्ता भइसकेको थियो । अब तेस्रोपटक उनीहरूको भेटवार्ता बेइजिङमा हुने पक्का भएपछि नेपाल–भारत सम्बन्धलाई नयाँ गतिमा अघि बढाउने सकारात्मक संकेतका रूपमा हेरिएको…