काठमाण्डु - आहा ! रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट हुने भएको छ। आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने आयोजक सहारा क्लव पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। प्रतियोगिता आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सो मिति उपलब्ध गराएको…