जेनजीका नाममा अराजकता मच्चाउनेहरूलाई कारवाही नभए प्रतिकार गर्ने फोर्सको चेतावनी

काठमाण्डु – नेसनल भोलिन्टियर्स फोर्सले नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा भएको बेलुन प्रहारप्रति गम्भीर आपत्ति जनाएको छ । बस्नेत राष्ट्रिय युवासंघ नेपालको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनको सवारीमाथि भएको प्रहार घटनाकै बारेमा संगठनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिक्रिया जनाएको हो । विज्ञप्तिमा घटना घटाएको आरोपमा नेपाल विद्यार्थी संघ…