काठमाण्डु– भृकुटीमण्डपमा आइतबारदेखि जारी नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि उम्मेदवारी दर्ता गरिँदै छ। एमालेले नयाँ नेतृत्व चयन प्रक्रियाका लागि निर्वाचन समितिलाई दिइएको अधिकारअन्तर्गत आज उम्मेदवारका आकांक्षीले बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यसूची छ । यसका लागि केन्द्रीय निर्वाचन आयोगले बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन…