यस पटककाे चुनाव विगतभन्दा फरक र कम खर्चमा हुनुपर्छः प्रधानमन्त्री कार्की

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने धारणा राखेकी छन्। शुक्रबार नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग भएको भेटवार्ताका क्रममा उनले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखिन्। प्रधानमन्त्रीले भनिन्, ‘तपाईँहरू चुनावको तयारीमा जुट्नुभएको छ। यो खुसीको कुरा हो। सँगसँगै यो चुनाव विगतभन्दा फरक हुनुपर्छ। कम खर्चमा…