रवि र बालेनले आज इटहरीमा सम्बोधन गर्ने

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा मंगलबार चुनावी सभाको आयोजना गर्दैछ । चुनावी सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् । रास्वपाको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन इटहरी पुगेका छन् । भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।