काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापालाई दिइएको छ । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण गत असोज २४ गते अनिवार्य अवकाश भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो…