बुटवल – बुटवल उपमहानगरपालिकाले मगर समुदायको दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएको छ । उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुधबार सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था तथा सार्वजनिक संघसंस्थामा फागुन १५ गते शुक्रबार स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिए । प्रमुख पाण्डेले जारी गरेको…