काठमाण्डु – नेपाली कांग्रेसले आसन्न चुनावका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । जनकपुरमा आयोजित कार्यक्रममा बुधबार कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ । कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने प्रतिज्ञा गरेको छ । बुधबार जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा नेपाल आमनागरिकदेखि सत्ताको जुनसुकै ओहदामा…