विराटनगर- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताएकि छिन् । नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकि हुन् । मन्त्री थापाले आफ्नो विधान…