काठमाडौ - प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण बनावटी, देखावटी नभई यर्थाथमा आधारित भएको बताएका छन्। तीन दिने राजकीय भ्रमणबाट आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ जनमतलाई भारतले अब स्वागत गरेको उल्लेख गरे। ‘२१ औं शताब्दीमा हामी बाँकी दुनियासँग कसरी सम्बन्ध राख्न चाहन्छौं भन्ने स्पष्ट भएको छ,’ प्रधानमन्त्री…