नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ : नेता गिरी

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् । ‘महाभारत युद्धको १४औं दिन भगवान् कृष्णले आफ्नो दैवी शक्ति प्रयोग गरेर झमक्क साँझ पारिदिनुभयो र अर्जुन असफल भए भन्दै खुसी मनाउन निस्किएका जयद्रथलाई उज्यालो गराएर सजिलै बध गर्न सहयोग गर्नुभयो…