काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह यतिखेर भारतको राजधानी नयाँदिल्लीमा छन् । भारतको औपचारिक भ्रमणमा रहेका मुख्यमन्त्री शाहसहितको टोलीले नयाँ दिल्लीमा जलविद्युत् विकास सङ्गठन, (एनएचपीसी) लिमिटेडका अधिकारीसँग पश्चिम सेती जलविद्युत् परियोजना निर्माणका विषयमा छलफल गरेका छन् । मुख्यमन्त्री शाह र भारतको जलविद्युत् विकास सङ्गठनका अधिकारीबीच पञ्चेश्वर जलविद्युत् आयोजना, बेतन कर्णाली, फुकोट कर्णाली, मुगु कर्णाली आयोजनाको…