काठमाण्डु- भारतको उडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयकी नेपाली छात्रा प्रिसा साह मृत्यु प्रकरणमा नयाँदिल्लीस्थित नेपाली दूतावासले छलफल थालेको छ। विश्वविद्यालयको होस्टेलमा साह मृत फेला परेको घटनाबारे स्वतन्त्र र निष्पक्ष तवरले अनुसन्धान गर्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सरोकारवालाहरूलाई आग्रह पनि गरेको छ । दूतावासले केआईआईटी विश्वविद्यालयका प्रतिनिधि, प्रहरी, विदेश मन्त्रालयका अधिकृतसँग…