काठमाण्डु– नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाण्डु जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो ।