काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टी पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको र सदस्यताको निर्णय कमिटीले गर्ने अभिव्यक्ति दिए । तर महासचिव शंकर पोखरेलले हालै नेपालप्रेसलाई दिएको अन्तर्वार्तामा भण्डारीको सदस्यता १ वर्ष पहिले नै नवीकरण भइसकेको स्पष्ट पारेका थिए । पूर्वराष्ट्रपति भण्डारी प्रत्यक्ष राजनीतिमा होमिएर पार्टी अध्यक्ष नै…