काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै उनले यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने छिट्टै सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए । ललितपुरको बालकुमारी चौरमा ‘श्रम र उत्पादनमा वाइसीएल अभियान’को औपचारिक उद्घाटनपछि उनले…