दाइजोमा सुनको सिक्री नपाएपछि विवाह भाँडेका बेहुलासहित ५ जनालाई ६ महिना कैद

वीरगञ्ज – दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै भाँडेर मण्डपबाट हिँडेका बेहुला, उनका बुबासहितका ५ जनालाई पर्सा जिल्ला अदालतले ६/६ महिना कैदको सजाय गरेको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मंगलबार बेहुलासहित ५ जनालाई विवाह सम्बन्धी कसूरमा ६/६ महिना कैद र जनही ५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।…