काठमाण्डु- राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार काठमाडौंमा निषेधाज्ञा तोड्ने भएको छ। राप्रपाले गत साता भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार काठमाडौंमा निषेधित क्षेत्र तोड्ने भएको हो। गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको…