काठमाण्डु - अमेरिका र चीनबिच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार यस हप्ता दुई देशका नेताहरूबिचको बैठकमा यसबारे छलफल गरिनेछ। मन्त्री बेसान्टले सहमतिमा टिकटकको अमेरिकी स्वामित्वबारे अन्तिम सम्झौता र दुर्लभ खनिजहरूमा चीनले लगाएको नयाँ नियन्त्रणहरू स्थगित गर्ने निर्णय समावेश भएको जानकारी दिए। उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा…