काठमाण्डु – प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ । झापाको कचनकवल गाउँपालिका–६ बनियानि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४४ ग्राम ८२० मिलिग्रामसहित कचनकवल गाउँपालिका–५ बस्ने २८ वर्षीय कासिम मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले बीआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूपदार्थसहित पक्राउ…