जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्न सीडीओलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन गृहसचिव तथा मन्त्रालयका उच्च अधिकारीसहित काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र…