ताराखोला गाउँपालिका-३ का वडाअध्यक्ष भण्डारी मृत

काठमाण्डु-बागलुङको ताराखोला गाउँपालिका-३ का वडाअध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । ५० वर्षीय भण्डारी बुधवार आफ्नै घरमा मृत भेटिएका हुन् । घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेको बागलुङका डीएसपी विजय यादवले जानकारी दिए