काठमाण्डु– संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा २०८२ अशोज २३ बाट २५ गतेसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन पेट्रोल अभ्यास’ Exercise Cambrian Patrol २०२५ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको छ । उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको…