काठमाण्डु – गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक चाँडै सदनमा प्रस्तुत गरिने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिँदै उनले संविधानले व्यवस्था गरेअनुसार गैरआवासीय नेपाली नागरिकहरूका निमित्त नागरिकताको विधेयकको तयारी गरिरहेकोे बताएका हुन् । उनले भने, ‘संविधानले भने बमोजिम सरकारले गैरआवासीय नेपाली नागरिकहरूका निमित नागरिकताको विधेयक तयारी गर्न अगाडि…