काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको शनिबारको बैठकमा विपक्षीको अवरोधकाबीच ओलीले स्पेन भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री ओलीले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा २१ जना सदस्य रहेको छ। स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली…