काठमाण्डु- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घट्नामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा चाहियो भन्ने युवाहरुलाई ह्दय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे । उनले भने,‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो…