काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको घटनाका पछाडि ज्ञानेन्द्र शाहको भूमिका देखिएको दाबी गरेको छ । राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा स्थलगत अनुगमन गरेर समाजवादी मोर्चाको बैठक सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्ड राजावादीहरूविरूद्ध कडा कदम चाल्न सरकारलाई आग्रह गरे । घटनाका पछाडि ज्ञानेन्द्रको आपराधिक मानसिकता रहेको दाबी…