निर्वाचनका लागि वैदेशिक सहायता भित्रिँदै, भारतले चार सय गाडी दिने, युरोपेली युनियनको सहयोग पनि आउँदै

काठमाण्डु - प्रतिनिधिसभा निर्वाचनका लागि भारतले ४ सय वटा गाडी सहयोग गर्ने भएको छ। जसमध्ये पहिलो लट एक साताभित्र नेपाल आइपुग्ने छ। गृह मन्त्रालयका अनुसार एक सय ८ वटा गाडीको भन्सार छुटका लागि अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । भारतले निर्वाचन प्रयोजनका लागि नेपाललाई करिब ४ सय गाडी अनुदानस्वरुप दिन लागेको गृह मन्त्रालयले जनाएको छ…