बीपी राजमार्गमा असोज १६–२० गतेसम्म राति सवारीसाधन सञ्चालनमा रोक

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा असोज १६–२० गतेसम्म रातिको समय अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।   जिल्ला प्रशासन कार्यालय काभ्रेले बिहीबार सूचना जारी गरी असोज १६ गते बिहीबारदेखि २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका…